Logo

सोलुको महाकुलुङमा कांग्रेसका राई विजयी



सोलुखुम्बु, २ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सुर्य कुलुङ राई विजयी भएका छन् ।

राईले २१०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सागर किरातीले १६२६ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै बिपना कुलुङ निर्वाचित भएकी छिन् । उनले १९२९ मत ल्याएर विजयी भएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्