काठमाडौं–३२ को मतगणना रोकियो


काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ ।

शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो ।

केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।