Logo

विजय जुलुसमा सहभागीलाई लिन जाँदा माइक्रो दुर्घटना,३ जनाको मृत्यु



दार्चुला, २ जेठ । नेकपा एमालेको विजय जुलुशमा सहभागीलाई लिन जाने क्रममा गाडी दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा माइक्रो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

से १ ज २७७ नम्बरको माइक्रो बस गोकुलेश्वरबाट गनीतर्फ गइरहेको थियो । माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको हो । माइक्रो विजय जुलुशमा सहभागी हुनेहरुलाई ल्याउन गनी गएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्