Logo

मानेभञ्जाङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली निर्वाचित



ओखलढुंगा, २ जेठ । मानेभञ्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् ।

रुम्दालीले नेपाली कांग्रेससँग गठबन्धन गरेर ५०२१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रुपलाल तामाङले ३८१५ मत ल्याएर विजयी भएका हुन् ।

रुम्दालीले तामाङलाई १२०३ मतान्तरले पछि पारेका हुन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका आश्रचन राई निर्वाचित भएका छन् ।

उनले ४७५० मत ल्याएर विजयी भएका हुन् । माओवादीकी चम्पा राईले ६०४ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्