Logo

रेनु दाहालभन्दा ५० मतले अगाडी विजय सुवेदी



भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरकोे मेयरमा ११ हजार ३२८ मत गन्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् ।

सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ३८९४ मत ल्याएकी छिन् । सुवेदी ५० मतले दाहालभन्दा अगाडी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत ल्याएका छन् ।

उपप्रमुखमा भने कांग्रेसका चित्रसेन अधिकारीले ४४७६ मतसहित अग्रस्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ३०७० मत सहित पछ्याइरहेकी छिन् । उनलाई एमालेको समेत समर्थन रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्