Logo

तनहुँको बन्दिपुरमा एमाले र माओवादीबीच कडा टक्कर



तनहुँ, २ जेठ । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

एमालेका उम्मेदवार सुरेन्द्र थापा र माओवादी केन्द्रका उम्मेदवार पुर्णसिं थापाले बराबर मत ल्याएर प्रतिस्पर्धामा छन् । उनीहरुले समान मत २४०० प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले १८७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा माओवादीको उम्मेदवार करुणा गुरुङले १४७१ मतसहित अग्रता कायम गरेकी छिन् भने कांग्रेसकी पञ्चमाया गुरुङले १२६० मत ल्याएर दोस्रो स्थानमा छिन् ।

स्वतन्त्र तर्फबाट उम्मेदवार दिएकी केशमाया गुरुङले ७३९ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्