Logo

भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन सुरु (भिडिओसहित)



काठमाडौंं, २ जेठ । लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन सुरु भएको छ । बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई मोदीले सम्बोधन गरेका हुन् । मोदीले सम्बोधनको क्रममा उनले आफू भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै खुशी व्यक्त गरे ।

उनले आफूले जनकपुरको भ्रमणको क्रममा पनि नेपालबिना आफूहरुको रामपनि अधुरो रहेको स्मरण गराए । उनले भने,‘मैले जनकपुरमा भनेको थिएँ कि नेपालबिना हाम्रो रामबिना पनि अधुरो छन् ।’ उनले मायादेवी मन्दिरको दर्शन गर्ने अवसर पनि आफूलाई प्राप्त गरेको सुनाए । उनले यो क्षण आफ्नो लागि अविस्मरणीय रहेको उल्लेख गरे । उनले सम्बोधनको क्रममा भने–‘यो यस्तो भूमि हो, जहाँ स्वयम भगवान गौतम बुद्धले जन्म लिनुभएको छ, यहाँको उर्जा, यहाँको चेतना, एटा बेग्लै महशुस भएको छ ।’



प्रतिक्रिया दिनुहोस्