Logo

मोदीले नेपालीमा दिए बुद्ध जयन्तीको शुभकामना



काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामै बोलेर बुद्ध जयन्तीको शुभकामना दिएका छन् । उनले लुम्बिनीमा सम्बोधनका क्रममा सुरुमै नेपालीमै बोलेर शुभकामना दिएका हुन् ।

उनले शुभकामनामा भने,‘यहाँहरु सबैलाई सम्पूर्ण नेपालीलाई लुम्बिनीको पवित्र भूमिबाट बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना ।’

मोदीले भाषणको बीचमा फेरि नेपालीमा भने,‘नेपालमा आउँदा राजनीतिक भ्रमण भन्दा आध्यात्मिक अनुभूती हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्