Logo

मोदीले नेपालीमै भनेः भारत–नेपालको सम्बन्ध हिमाल जत्तिकै अटल



काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालको सम्बन्ध हिमाल जत्तिकै अटल भएको बताएका छन् । आज लुम्बिनीमा सम्बोधन गर्दै उनले दुई देशबीचको सम्बन्ध हिमाल जत्तिकै पुरानो पनि भएको बताएका हुन् ।

‘भारत–नेपालको सम्बन्ध हिमाल जत्तिकै अटल र हिमाल जत्तिकै पुरानो छ,’ मोदीले भने । उनले दुई देशको सम्बन्ध नयाँ उचाईमा लानुपर्नेमा जोड दिए । नेपाल र भारतबीच खानपान र रीतिरिवाज, पारिवारिक सम्बन्धको समेत वर्णन गरे ।

मोदीले साझा सहयोग र निर्माणका कामहरुबारे वर्णन गरे । उनले भने,‘आज जसरी वैश्विक परिस्थिति बनिरहेको छ, यसमा भारत र नेपालको मित्रता, घनिष्ठता, सम्पूर्ण मानवताको हितको काम भइरहेको छ ।’

आफूले नेपालको बिना आफूहरुको राम अधूरो हुने समेत स्मरण गराए । उनले भारतमा राम मन्दिर बनिरहँदा नेपालका नागरिक पनि भारतका नागरिक जत्तिकै खुशी पाएको बताए ।



प्रतिक्रिया दिनुहोस्