Logo

ललितपुरमा कलमलाई गठबन्धनबाट अलग्याउँदा माओवादीले खायो धक्का



ललितपुर, २ जेठ । ललितपुरमा नेकपा एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर बनाउँदा नेकपा माओवादी केन्द्रले धक्का खाएको छ । माओवादीले कोञ्ज्योसोम गाउँपालिकाको प्रमुख पदमा पराजय भोगेको छ ।

ललितपुरमा काँग्रेस र माओवादीबीच मात्र गठबन्धन भएकोमा गोपीलाल सिन्तान एमालेका कृष्णमान लामाबाट गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् । उपाध्यक्षमा भने काँग्रेसका राजन घिमिरे विजयी भए ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि माओवादीका शिव कट्टेल एमालेका हरिगोविन्द श्रेष्ठभन्दा पछाडि छन् । महालक्ष्मीमा पनि कलम चिन्हको नेकपा एस गठबन्धनबाट बाहिर छ । त्यहाँ कट्टेल जित्ने सम्भावना कमजोर हुँदै गएको छ ।

ललितपुर उपमहानगरपालिकामा मेयरमा काँग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई दोब्बर मतले पछि पार्दा माओवादीका मेयरका उम्मेदवार भने एमालेकी उम्मेदवार भन्दा पछि छन् ।

गठबन्धनबाट अलग राखिएपछि नेकपा एसले माओवादीलाई धक्का दिने रणनीति चाल्दा परिणाम फरक आउन पुगेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्