Logo

ललितपुरमा कलमका श्रीगोपालले यसकारण जीते वडाध्यक्ष



ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको वडा नं ३ मा नेकपा एसका श्रीगोपाल महर्जनले वडाध्यक्ष जितेका छन् । उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई पराजित गरेर वडाध्यक्ष जितेका हुन् ।

श्रीगोपाल पार्टी फुट्नु अघि एमालेमा थिए । उनी यसअघि पनि वडाध्यक्ष जितेका हुन् ।

ललितपुर महानगरपालिकाको वडा नं ३ सानेपा क्षेत्र हो । श्रीगोपाल वडामा निकै खटिने जनप्रतिनिधिमा पर्छन् । उनी वडावासीको घर घर र टोल टोल पुगेर समस्या सोध्ने स्वभावका छन् । लामो दाह्री पाल्ने उनको पृथक पहिचान छ ।

ललितपुरमा नेकपा एस गठबन्धनबाट अलग पारिएको छ । यसकारण उसलाई वडाहरुमा चुनाव जित्न कठिन छ । तर, श्रीगोपालले व्यक्तिगत खटाई र प्रभावका कारण चुनाव जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्