Logo

खाँडाचक्र मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी



सुर्खेत, २ जेठ : कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।

शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् ।

पाण्डेले २३६६ मत ल्याएका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् ।

एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्