Logo

स्थानीय चुनावः काँग्रेसले ३ सय र माओवादीले सय कटाउँदा एमाले २ सय नजिक पुग्ने संकेत



काठमाडौं, २ जेठ । नेपाली काँग्रेसले देशभरका ७५३ पालिकामध्ये ३ सय भन्दा बढीमा जीत हासिल गर्ने संकेत देखिएको छ । अहिलेसम्म काँग्रेसले ७२ पालिकामा जीत हासिल गरिसकेको छ । मतगणना भइरहँदा २४४ मा काँग्रेस अगाडि छ ।

उपप्रमुखमा काँग्रेसले ७१ पालिकामा जीत निकाल्दा २०५ मा अग्रता लिइरहेको छ ।

नेकपा एमाले २ सय भन्दा कम पालिकामा जीत निकाल्न सक्ने अवस्थामा देखिएको छ । एमालेले ५४ पालिकामा जीत हासिल गर्दा १२७ मा अग्रता लिइरहेको छ । एमालेले ५३ पालिकामा उपप्रमुख या उपाध्यक्ष जित्दा १६१ मा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले एक सय पालिकामा जित निकाल्ने संकेत देखिएको छ । माओवादील्े ३७ मा जित निकालेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एसले २ पालिका जित्दा १८ मा अग्रता लिइरहेको छ । जसपाले २९ मा अग्रता लिइरहेको छ । लोसपाले १२ मा अग्रता लिएको छ ।

राप्रपासहित अन्य दल र स्वतन्त्रले ५ मा जीत निकाल्दा २२ मा अग्रता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्