Logo

भरतपुर महानगरमा रेनु र विजयबीच कडा टक्कर, रेनुसँग विजय पछि परे



काठमाडौं, २ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिलेसम्म १५ हजार ९ सय ३३ मत गणना सम्पन्न हुँदा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले एमालेका उम्मेद्धवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी छिन् । रेनुले ५३१३ मत ल्याउँदा विजयले ५३१० मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने २५३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता फराकिलो बनाउका छन् । उनले ६ हजार चार सय २ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४ चार दुई सय ९८ मत ल्याएकी छिन् ।

वडा अध्यक्षमा ४००५ मा
भानुभक्त सापकोटा, नेकपा (एमाले) – १२७०
अर्पण पोखरेल, (नेपाली कांग्रेस) – १९३७
हलो ७०५



प्रतिक्रिया दिनुहोस्