Logo

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनसँग ४५ सयले मतले पछि परे केशब स्थापित



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता बनाएका छन् ।

उनले एमाले र कांग्रेसका उम्मेद्धवारहरु केशब स्थापित र सिर्जना सिंहलाई धेरै पछि पारेका छन् । उनले ९ हजार ६ सय ५ मत पाएका छन् ।

उता, एमालेका उम्मेद्धवार स्थापितले भने ५ हजार १ सय ४ मत ल्याएका छन् । सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन्। साहले सुरुदेखि नै अग्रता कायम गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्