Logo

कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई



काठमाडौं, जेठ ३ । स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार काँग्रेसको अवस्था बलियो भएको देखिन्छ ।

प्रारम्भिक मतपरिणामअनुसार काँग्रेस सबैभन्दा ठूलो देखिन्छ । काँग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने देखिन्छ । कम्युनिस्ट पार्टी विभाजन हुनुको प्रभाव मतपरिणाममा समेत देखिन्छ । यस्तै, मधेसवादी दल विभाजनको प्रभावसमेत सो दलमा परेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्