Logo

काँग्रेस अघि अघि एमाले पछि पछि, कस्ले कति पालिका जिते



काठमाडौं, ३ जेठ । स्थानीय निकायको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले एक सय भन्दा बढी पालिका जितिसकेको छ ।

काँग्रेसले ११५ पालिका जित्दा १६७ मा अग्रता कायम राखेको छ । एमालेले ६६ पालिका जित्दा १२४ मा अग्रता कायम राखेको छ ।

माओवादी केन्द्रले ५५ मा जित्दा ६० मा अगाडि छ । नेकपा एसले ४ मा जित्दा १८ मा अग्रता कायम राखेको छ । जसपा नेपालले २ मा जीत र २६ मा अग्रता राखेको छ । लोसपा ११ मा अगाडि छ । राप्रपालगायत अन्य दल र स्वतन्त्रको गरी ८ मा जीत र २० मा अग्रता छ ।

काँग्रेस स्थानीय चुनावमा सबैभन्दा बढी पालिका जितेर प्रथम हुने देखिएको छ । एमाले दोस्रो र माओवादी तेस्रो हुने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot