Logo

डडेल्धुरामा कांग्रेस ४, माओवादी २ः अमरगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



काठमाडौं, जेठ ३। डडेल्धुराका सात वटा स्थानीय तहमध्ये मत परिणाम सार्वजनिक भएका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका छन्। प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत ल्याएका छन् ।

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल उपप्रमुखमा निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार संगिता भण्डारीले ७६७ मत ल्याएकी छन् ।



प्रतिक्रिया दिनुहोस्