Logo

इमरान खानको पालामा पाकिस्तानले इतिहासकै सर्वाधिक ऋण बोक्यो



एजेन्सी, ३ जेठ । पाकिस्तानमा इमरान खान तीन वर्ष प्रधानमन्त्री हुँदा ५२ अर्ब डलर वैदेशिक ऋण लिएको खुलेको छ । पाकिस्तानको मिडिया रिपोर्टले खानले वैदेशिक ऋण लिनेमा किर्तिमान कायम गरेको खुलाएको हो ।

तीन वर्ष प्रधानमन्त्री हुँदा खानले अघिल्लो चार प्रधानमन्त्रीहरुको कार्यकालको तुलनामा पाकिस्तानलाई बढी ऋण लिने अवस्था बनाएका थिए ।

विगतमा मुस्लिम लिगको सरकाको पालामा पाँच वर्षबीच ४९ , पाकिस्तान पिपल्स पार्टीको पालामा पाँच वर्षमा २५ अर्ब डलर मात्र विदेशी ऋण लिएको खुलाइएको छ । पाकिस्तानको बिजनेश रेकर्डर नामको पत्रिकाले यी तथ्यांक सार्वजनिक गरेको हो ।

अहिले पाकिस्तान इतिहासकै सर्वाधिक विदेशी ऋणमा छ । पाकिस्तानले १३० अर्ब ६० करोड डलर विदेशी ऋण तिर्नुपर्ने भएको छ । आन्तरिक ऋण पनि विगतका तीनवटा सरकारले भन्दा इमरान खानको सरकारले बढी ऋण लिएको रिपोर्टमा भनिएको छ ।

खान हालैमात्र सत्ताबाट हटेका थिए । पाकिस्तानमा आर्थिक संकट बढ्दै जाँदा उनी आलोचित थिए । संसदले खानलाई हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्