Logo

चीनले साउथ चाइना सीमा भियतनाम र फिलिपिन्सलाई माछा मार्न रोकेपछि…



एजेन्सी, ३ जेठ । चीनले साउथ चाइना सीमा आफ्नो प्रभाव मात्र बनाएको छैन त्यस क्षेत्रका देशहरुलाई प्रतिबन्ध नै लगाएको छ । साउथ चाइना सीको टापुको विवादमा चीनले उक्त क्षेत्रमा नियन्त्रण बढाइरहेको छ ।

चीनले भीयतनाम र फिलिपिन्सलाई साउथ चाइना सीमा माछा मार्न प्रतिबन्ध लगाएको छ । यसले साउथ चाइना सीमा सार्वभौमिकताको विवाद देखिएको छ ।

चीनले टन्किनको खडी र पारासेलको टापुमा प्रतिबन्ध लगाएको छ । उक्त टापुहरु चीनले नियन्त्रण बनाएको छ तर भियतनामको दाबी छ ।

भियतनामले ती टापुहरुमा प्रतिबन्ध लगाएकोमा आपत्ती जनाएको छ । भियतनामको विदेश मन्त्रालयले चीनलाई अर्को देशको सार्वभौमिकताको सम्मान गर्न भनेको छ ।

साउथ चाइना सीमा दक्षिणपूर्वी एशियाका देशहरुले विभिन्न टापुमा दाबी गर्दै आएका छन् । तर, उक्त क्षेत्रमा चीनको नियन्त्रण कायम छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्