Logo

शोकमा प्रधानमन्त्री देउवा, आफ्नै भाईको निधन



काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।

क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।



प्रतिक्रिया दिनुहोस्