Logo

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८६८ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ९८५८ मत ल्याएर अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८१७ मत प्राप्त गरेका छन् ।

राप्रपाका बिनिता मगैयाले २००४ मत ल्याएकी छिन् । विवेकशील साझा पार्टीका कृति कंसाकरले ३९६ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्