Logo

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित, उपाध्यक्षमा माओवादी



ललितपुर, ३ जेठ । ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी निर्वाचित भएका छन् । उनले ३४५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २८८७ मत प्राप्त गरिन् ।

त्यस्तै, माओवादी केन्द्रकी भगिरथ तिमिल्सिनाले २३८ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले विजयी भएकी छिन् ।

उनले ३१५२ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका पुरुषोत्तम हुमागाईले २७८७ मत ल्याए भने राप्रपाकी सञ्चमायाँ सिंगारले ५९ मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्