Logo

पोखरामा धनराज १२८५ मतान्तरले अगाडी



पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १२८५ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ८५६३ प्राप्त गरेका छन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले ७२७८ मत ल्याएका छन् भने राप्रपाका शंकर खरालले १०२७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले ८८७६ मतसहित अग्रता लिइरहेकी छिन् । त्यस्तै, एमालेकी मञ्जुदेवी गुरुङले रानाभाटलाई पछ्याउँदै ८२७९ मत ल्याएकी छिन् । राप्रपाको उम्मेदवार रन्जना कुमारी सेन पौडेलले ८७२ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्