Logo

प्रिमियर लिगमा आर्सनल पराजित



एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन ब्रुनो गुइमारेसले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा बेन ह्वाइटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेडले शुरुवाती अग्रता लिएको थियो ।

यस्तै ८५ औं मिनेटमा ब्रुनोले गोल गर्दै न्युक्यासललाई २-० गोलको जीत दिलाए । जीतसँगै न्युक्यासल ३७ खेलबाट ४६ अंक जोड्दै लिगको १२ औं स्थानमा उक्लिएको छ भने पराजित आर्सनल समान खेलबाट ६६ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । अब आर्सनललाई च्याम्पियन लिग खेल्न अन्तिम खेलमा जीत निकाल्नु आवश्यक रहेको छ भने चौथो स्थानको टोटेन्हामकोपनि नतिजा कुर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्