Logo

युभेन्टस र लाजियोको बराबरी



एजेन्सी । इटालियन लिग सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस र लाजियोले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा युभेन्टस र लाजियोले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसको लागि डुसान भ्लाहोभिक र अल्भारो मोराटाले एक/एक गोल गर्दा लाजियोको लागि सेर्जी मिलिन्कोभिक-साभिकले एक गोल गरे । लाजियोले एक गोल भने उपहार पाएको हो । पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस घरेलु मैदानमा बराबरीमा रोकिन बाध्य भयो । खेलको दसौं मिनेटमा मोराटाको पासमा भ्लाहोभिकले गोल गर्दै युभेन्टसलाईस शुरुवाती अग्रता दिलाएका थिए ।

३६ औं मिनेटमा कौड्राडोको पासमा मोराटाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा एलेक्स सान्ड्रोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लाजियोले खेलमा फर्किने प्रयास गरेको थियो । यस्तै इन्जुरी समयको छैटौं मिनेटमा सेर्जीले गोल गर्दै लाजियोलाई २-२ गोलको बराबरीमा ल्याएपछि दुवै टोलीले एक/एक अंक बाढेका हुन् ।

बराबरीसँगै युभेन्टस ३७ खेलबाट ७० अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ भने लाजियो समान खलबाट ६३ अंकको साथ पाँचौ स्थानमा यथावत छ ।



प्रतिक्रिया दिनुहोस्