Logo

दोस्रो टि२० आईः जीतको खोजीमा नेपाल



काठमाडौं, जेठ ३। घरेलु मैदानमा जारी टि–२० आई सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र युगान्डा भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो एक बजे शुरु हुनेछ ।

आज हुने खेलमा जीत निकाल्दै नेपाल सिरिजमा पुनरागमन गर्न चाहन्छ । हिजो भएको खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । त्यसैले नेपाल आजको खेल जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।

यता ६ खेलपछि टि–२० आईमा पहिलो जीत निकालेको युगान्डा आजको खेल जित्दै सिरिजमा अग्रता बाढाउने लक्ष्यसहित मैदान उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्