Logo

भरतपुर महानगरमा मतगणना अपडेट : रेनुले ९२ मतले उछिनिन् विजय सुवेदीलाई



काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ९२ मतले अग्रता लिएकी छिन् । हालसम्म १८ हजार ५ सय ८३ मत गणना भएको छ । रेनुले ६ हजार २ सय ७ मत ल्याउँदा एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले ६ हजार १ सय १५ प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ३ हजार २२ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय ५८ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् ।उता, राप्रपाकी उपमेयरकी उम्मेद्धवार हिमला गुरुङले भने ५ हजार १० मत ल्याएकी छिन्। अहिले वडा नम्बर ५ मा गणना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot