Logo

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि



काठमाडौँ,३ जेठ । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिएका छन् ।

आज बिहानसम्मको मतपरिणाम अनुसार बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ्याई रहेका छन् ।

उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राखेका छन् । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाएका छन् । नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए। राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा छन् ।रासस



प्रतिक्रिया दिनुहोस्