Logo

काठमाडौंमा ५३७३ मतान्तरले बालेनको अग्रता



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो विवरण अनुसार मेयरमा बालेन साहले अग्रता लिएका छन् । वालेनले ११ हजार ६ सय ३२ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६३ सय ५९ मत प्राप्त गरेका छन् भने कांगे्रसकी उम्मेदवार सिर्जना सिंहले ५४ सय ८६ मत ल्याएकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमाली उम्मेदवार सुनिता डंगोलले १० हजार ४७७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजा ४८ मत ल्याउँदा राप्रकाकी बिनिता मगैयाले २२ सय २ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्