Logo

धनुषामा दाजुभाईको विवाद हुँदा गोली चल्यो



धनुषा, ३ जेठ । धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो ।

चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्रउ गरेको छ ।

घटनास्थलबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ । फायर भएको एक राउण्ड गोलीको खोका समेत प्रहरीले फेला पारेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्