Logo

आज थप १९ संक्रमित थपिए, १४९ संक्रिय संक्रमित



काठमाडौं, ३ जेठ । नेपालमा आज थप १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

४१ सय ९७ जनाको परीक्षणमा पीसीआरबाट १८ जना र एन्टिजेन विधिबाट १ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रिमतको संख्या १४९ रहेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्