Logo

बालेनले फेरि मतान्तर बढाए



काठमाडौं, ३ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा मतान्तर बढाइरहेका छन् । उनले १२ हजार ५५३ मत पाउँदा एमालेका केशव स्थापितले ६ हजार ७०६ मत ल्याएका छन् ।

काँग्रेसकी सृजना सिंहले ५ हजार ९५७ मत पाएकी छिन् । बालेनले रैथाने नेवार बाहिरको बस्तीमा लोकप्रीय मत पाएका छन् । अब नेवार बाहुल्य भित्री बस्तीको ब्यालेट खोलिन थालिएको छ । यसबाट बालेनको जीत हुने नहुने अनुमान लगाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्