Logo

सवारी भाडा बढ्यो



काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि गरिएको छ ।

सरकारले छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश कायम भएको सार्वजनिक यातायातको भाडादर पनि कायम राखेको छ ।



प्रतिक्रिया दिनुहोस्