Logo

भरतपुर महानगरको मेयरमा रेनु दाहालले विजय सुवेदीसँग मतान्तर फराकिलो बनाईन्



काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न हुँदासम्म उनले ३७३ मतको अग्रता लिएकी छिन् ।

पछिल्लो समय २१ हजार ८ सय ६० मत गणना सम्पन्न भैसक्दा रेनुले एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी हुन् । रेनुले ७ हजार ४ सय ७१ मत ल्याउँदा सुवेदीले ७ हजार ९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ६ सय ३ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ८ सय ६९ मत प्राप्त गरेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न भएको छ । यस वडामा नेपाली कांग्रेसका उम्मेद्धवार विजय भएका छन् । उनले २०७२ मत प्राप्त गरे । एमालेका उम्मेद्धवारले भने १९५१ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्