Logo

लिखु गाउँपालिकाको उपाध्यक्षमा एमालेकी अस्मिता थापाको शानदार जित



काठमाडौं, ३ जेठ । ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी भएका छन् । उनले एमालेका मिलनकुमार विष्टलाई पराजित गरेका छन् । निर्वाचित कार्कीले ३ हजार ७ सय ७६ मत प्राप्त गर्दा विष्टले ३ हजार ४ सय ९२ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी अस्मिता थापा विजयी भएकी छिन् । उनले कांग्रेसकी प्रेमकुमारी दाहाललाई पराजित गरेकी हुन् । उपाध्यक्षमा निर्वाचित थापाले ४ हजार १ सय १६ मत प्राप्त गर्दा कांग्रेसकी दाहालले ३ हजार ९३ मत प्राप्त गरेकी थिईन् । थापा अनेरास्ववियुको राजनीतिमा सक्रिय थिईन् । उनी जिल्लामै प्रभावशाली युवा नेतृको रुपमा परिचित छिन् ।



प्रतिक्रिया दिनुहोस्