Logo

भरतपुर महानगर : रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा ८४८ मतले अघि



काठमाडौं, ४ जेठ । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् ।

अहिलेसम्म २३ हजार ६ सय ८५ मत गणना भएको छ । जसमा दाहालले ८ हजार ३ सय १६ मत प्राप्त गरेकी छिन् । उता, सुवेदीले ७ हजार ४ सय ६८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ८ सय ७६ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ९ सय ८४ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ६ हजार १ सय ५६ मत ल्याएकी छिन् । अहिले वडा नम्बर ६ को मत गणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्