Logo

एमाले विभाजनको असरः भत्किए ‘लालकिल्ला’



काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचनमा एमाले विभाजनको असर देखिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पालिकामा एमालेका उम्मेदवार थोरै मतले पराजित भएपछि विभाजनको असर देखिएको हो। गत भदौमा एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नेकपा एस गठन गरेका थिए।

एमाले विभाजनपछि भएको स्थानीय तह निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन्। थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ। कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको हो।
अहिलेसम्मको नतिजा हेर्दा एमाले करिब ६० स्थानमा एक हजारभन्दा कम मतले पराजित भएको छ। यसले निर्वाचन परिणाममा एमाले विभाजनको असर स्पष्ट परेको देखिन्छ। पार्टी विभाजन हुँदा एमालेलाई पालिकास्तरमा करिब ५ सयदेखि १ हजार मतसम्म घाटा भएको छ। तर एमाले नेतृत्वले यो विषयमा आन्तरिक समीक्षा गरिसकेको छैन।

नेकपा एसका नेताले एमालेलाई हराउन आफ्नो मत निर्णायक रहेको निर्वाचनले पुष्टि गरेको बताउँदै आएका छन्। प्रदेश १ मा मात्रै कांग्रेसले २० भन्दा बढी स्थानीय तहमा जित हात पार्दै एमाले विभाजनको फाइदा लिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्