Logo

काठमाडौं टोखा नगरपालिकाः एमालेका अधिकारी विजयी



काठमाडौं, जेठ ४ । काठमाडौ टोखा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का प्रकाश अधिकारीले नेपाली कांगेसकी उम्मेदवार रजनी थापालाई झिनो मतले पराजित गरेका छन्।

एमालेका अधिकारीले थापालाई १ सय ७४ मतले पराजित गरेका हुन्। अधिकारीले १० हजार ३ सय ४० मत ल्याएका हुन भने थापाले १० हजार १ सय ७७ मत प्राप्त गरेकी हुन्।

उपमेयरमा भने नेपाली कांगेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन्। तामाङले १० हजार १ सय ३२ मत प्राप्त गरेका थिए भने उनकी निकटतम प्रतिस्पर्धी डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्