Logo

चागुँनारायण–८ को वडाध्यक्षमा कांग्रेसका जनक खत्री विजयी



भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका–८ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता जनक खत्री निर्वाचित भएका छन् ।

खत्रीले १८ सय ३३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले १४२३ मत प्राप्त गरेका छन् ।

यसअघिको स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । एमालेको इतिहास बोकेको गढमा यसपाली भने कांग्रेसले विजयको झण्डा गाड्न सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्