Logo

हेटौंडामा सिंहलाई उछिनेर लामाले मतान्तर बढाउन थालिन्



काठमाडौं, ४ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरको प्रतिष्पर्धा रोचक छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहबीच एकले अर्कालाई उछिन्ने प्रतिष्पर्धा चलिरहेको छ ।

सुरुमा लामाले अग्रता लिएपनि सिंहले उछिनेका थिए । अहिले फेरि लामा मतान्तर बढाउँदै अग्रस्थानमा छिन् ।

लामाले १० हजार ४१० मत ल्याउँदा सिंहले ९ हजार ९२२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको एमाले ९ हजार २५ मत प्राप्त गरेको छ ।

लामा निवर्तमान उपमेयर हुन् । उनी नेकपा एमाले फुट्दा एसमा लागेकी हुन् । सिंह हेटौंडाका व्यवसायी हुन् ।



प्रतिक्रिया दिनुहोस्