Logo

सुवास नेम्वाङको गृह नगरमा कांग्रेसका उम्मेदवार विजयी



इलाम, जेठ ४ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङको गृह नगर इलाममा काँग्रेसका उम्मेद्वार विजयी बनेका छन । नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका केदार थापा र विश्नु दाहाल विजयी बनेका छन ।

थापा १३ हजार एकसय ६५ मतका साथ विजयी वने भने उनका निकटतम प्रतिद्धन्दी धिरेन चेम्जुङले १० हजार पाँचसय ८७ मत प्राप्त गरे । उपाध्यक्षमा दाहालको १३ हजार पाँचसय ४२ मत आउँदा एमालेकी सिता रिजालको १० हजार ८८ मत आएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा एमालेकै उम्मेद्वार विजयी बनेका थिए । १२ वटा वडा रहेको इलाम नगरपालिकामा नेकपा एमालेले २ नं वडा प्यानलै जितेको छ भने ३ नं वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै १ नं वडामा वडासदस्य र ११ नं। वडामा २ सदस्य बाहेक बाँकी सबै काँग्रेसले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्