Logo

दम्भले एमालेलाई घाटा



काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले ठूलो संख्यामा पुरानो परिणाममा क्षति बेहोर्नुपर्ने देखिएको छ । विगतमा सत्तामा रहँदा भएका संसद् विघटनदेखि संसद् पुनस्र्थापनापछि लामो समयसम्म संसद्को अवरोधसम्मका घटना र त्यसपछि भएको पार्टी विभाजनले एमालेलाई स्थानीय तह निर्वाचनमा असर पर्ने प्रस्ट संकेत देखिएको हो ।

मंगलबार राति ११ बजेसम्मको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले १ सय ६८ स्थानीय तहमा प्रमुखरअध्यक्षमा जित हात पारेको छ भने १ सय ३८ स्थानीय तहमा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमालेले १ सय ८ तहमा प्रमुख/अध्यक्षमा जित हात पार्दा ९१ स्थानीय तहमा अग्रता लिएको छ । यी अंक हेर्दा २०७९ को जारी मतगणनाको प्रारम्भिक परिणाममा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले एमालेलाई २०७४ को परिणाममा पछि पार्ने देखिएको हो ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्