Logo

धनगढीमा गोपाल हमाल जीतको नजिक



काठमाडौं, ४ जेठ । धनगढी उपमहानगरपालिकामा गोपाल हमाल जीतको नजिक पुगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतले पछि पार्दै १० हजार मत कटाइसकेका छन् ।

हमालले १० हजार ८२५ मत पाउँदा गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन् । एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् ।

२०७४ को स्थानीय चुनावमा हमाल स्वतन्त्र उम्मेदवार बनेर ११ हजार ५२७ मत ल्याएर पनि काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । त्यतिबेला झण्डै ३ हजार मतान्तरले हमाल पराजित भएका थिए ।

यसपटक हमालले मतान्तर बढाइसकेकोले जीतको नजिक पुगेका हुन् । विगतको चुनावलाई आधार मान्ने हो भने गठबन्धनको मत २४ हजार कट्नुपर्ने देखिन्छ । तर, हमालले भारी मत ल्याउन सकेकाले स्थिति फरक भएको छ । यसपटक एमालेले पनि खासै मत ल्याउन सकेको छैन ।

२०७४ को चुनावमा एमाले उम्मेदवारले धनगढीमा ९ हजार ९४६ मत ल्याएका थिए । यसपटक एमालेले विगतको जति पनि मत ल्याउन नसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्