Logo

आजबाट संसदमा प्रि-बजेट छलफल



काठमाडौं, जेठ ४ । आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावउपर छलफल गर्न जेठ ४ र ५ गतेको समय निर्धारण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्