Logo

काठमाडौं महानगरपालिका वडा ३ र ५ मा एमालेका उम्मेदवार विजयी



काठमाडौं, जेठ ४। काठमाडौं महानगरपालिका वडा नं ३ र ५ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। वडा ३ मा एमालेका प्रेम थापा २१ सय ३८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश अधिकारीले १४ सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार नेकपा (एकीकृत समाजवादी) का दीपक केसीले ९६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेश्वर पौडेलले ५२९ र स्वतन्त्र उम्मेदवार ध्रुव थापा क्षेत्रीले ३१ मत ल्याएकाछन् ।

सो वडामा महिला सदस्यमा एमालेका सीता थापा, दलित महिलामा एमालेकै शर्मिला परियार, सदस्यद्वयमा एमालेका केशव प्रसाद श्रेष्ठ र कृष्णराज चालिसे निर्वाचित भएका छन् । महानगरको वडा नं ५ को अध्यक्षमा वीरेन्द्र प्रजापति १८ सय १८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश डङ्गोलले १५ सय ७५ मत ल्याएका छन् ।

राप्रपाका भिन्दयो प्रजापतिले २१२, नेपाल मजदुर किसान पार्टीका कुल नारायण डङ्गोलले २५ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा कांग्रेसका मीना सिंह, दलित महिलामा एमालेका आरती सुनार, सदस्यद्वयमा एमालेका हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्