Logo

चागुँनारायण–१ को वडाध्यक्षमा सिजन कार्की निर्वाचित



भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. १ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सिजन कार्की  निर्वाचित भएका छन् ।

युवा नेता कार्कीले १२ सय २५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । वडाध्यक्षमा कार्कीसहित कांग्रेसका सम्पुर्ण प्यानल विजयी भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार ईश्वर थापाले १२ सय १३ मत प्राप्त गरेका छन् ।

यसअघिको स्थानीय तहको चुनावमा १ नम्बर वडामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । एमालेको इतिहास बोकेको गढमा यसपाली भने कांग्रेसले विजयको झण्डा गाड्न सफल भएको हो ।

यसैगरी, वडा नम्बर २ मा कांग्रेसका सोम प्रधान निर्वाचित भएका छन् । त्यस्तै, ५ नम्बर वडामा पनि कांग्रेसकै उम्मेदवार जयन्द खड्का निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्