Logo

सी चिनफिङ तेस्रो कार्यकाल राष्ट्रपति बन्दा कस्तो बन्ला ‘भित्री सर्कल’



एजेन्सी, ४ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङ निकै शक्तिशाली बनेका छन् । चीनको इतिहासमै नभएको तेस्रो कार्यकाल राष्ट्रपति बन्दैछन् उनी । यसका लागि सन् २०१८ मा चीनको संविधान नै परिवर्तन गराए ।

राष्ट्रपतिको कार्यकाल असिमित बनाएपनि प्रधानमन्त्री दुई कार्यकाल मात्र हुने विधानमा कायमै छ । यसकारण चीनका प्रधानमन्त्री लि केकियाङ तेस्रो कार्यकालमा रहनेछैन् । त्यसबाहेक कतिपय पोलिटब्युरो स्थायी कमिटीमा पनि परिवर्तन हुनसक्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले २५ सदस्यीय पोलिटब्यूरो छान्छ । त्यसमा पनि ७ सदस्यीय पोलिटब्यूरो स्थायी कमिटी हुन्छ । जसमा राष्ट्रपति सीसहित सातजना छन् । यो चीनको शासन चलाउने सबैभन्दा शक्तिशाली निकाय हो ।

ली तेस्रो कार्यकालमा सी प्रधानमन्त्री नरहने निश्चितप्रायः छ । संविधानले पनि उनलाई तेस्रो कार्यकाल रहन दिदैन । यसकारण लीको विकल्पमा नयाँ नेताको खोजी हुनसक्छ ।

चीनमा तेस्रो शक्तिशाली नेता हुन् ली चानसु । उनी चिनियाँ नेस्नल पिपल्स कँग्रेसको स्थायी कमिटीका प्रमुख हुन् । ७१ वर्षीय ली पनि सी चिनफिङ निकट मानिन्छन् । तर, उमेरका कारणले पनि उनको विकल्पको खोजी हुनसक्छ ।

चिनियाँ पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फेरेन्सका सचिव ६७ वर्षीय वाङ याङ पनि अर्का शक्तिशाली नेता हुन् । तर, पूर्व राष्ट्रपति हु जिन्ताओ समूहका भएकाले उनी पनि सीको रोजाईमा नपर्न सक्छन् । लि चानसु र चाओ लिजी सीको समूहका हुन् ।

यसकारण चीनको शक्तिशाली सात पोलिटब्यूरो स्थायी कमिटीका सातमध्ये तीनजना सन्यासमा जान सक्छन् । २५ पोेलिटब्यूरोमध्ये ७ जना अवकाशमा जान सक्छन् । जहाँ नयाँ नेताहरुको उदय हुनसक्छ । त्यसमा सीले आफू निकटलाई ल्याउने चर्चा छ ।

उमेरहदको परम्परागत रुपमा राजनीतिबाट सन्यास लिनुपर्नेमा भविष्यमा ६ जना पोलिटब्यूरोले एक कार्यकाल मात्र रहन पाउनेछन् । तीनजनाले दुई कार्यकाल रहन पाउनेछन् । यीनै ९ मध्ये ३ ले पोलिटब्यूरो स्थायी कमिटीमा जाने अवसर पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्