Logo

विराटनगर महानगरमा नागेशको अग्रता कायमै



विराटनगर, ४ जेठ । देशभर गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना र अद्यावधिक हुने क्रम जारी रहेको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । पछिल्लो मतणनाको परिणाम अनुसार कोइरालाले १४ हजार ६१ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका सागर कुमार थापाले १० हजार ६९२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ४ हजार ५०१ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा .एमालेकी शिल्पा कार्कीले १२ हजार २३२ मत ल्याएर अग्रता कायम राख्दा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ७ हजार ४४० मत ल्याएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्