Logo

मोदीको लुम्बिनी भ्रमणमा प्रधानमन्त्री देउवाले देखाएको व्यवहारले देशको अपमान भयो : भीम रावल (भिडिओसहित)



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले देखाएको व्यवहारमा प्रश्न उठाएका छन् ।

उनले भने,‘त्यत्रो देशको प्रधानमन्त्रीको छेउमा सुन्ते, अनि झस्किने, मुखबाट र्याल बगाउने, अनि घरी के गर्ने ? के गर्ने ? यो भन्दा ठूलो देशको अपमान अरु केही हुन्छ ? यो त उहाँको व्यक्तिगत व्यवहारको कुरा भयो, त्यहाँ गरेका सम्झौता हेर्नुहोस् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अरुण चौथो परियोजनासम्बन्धी सम्झौतामाथि पनि प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्